भारतको र्चिर्चत रियालिटि सो ‘स्प्लिटस्भिल्ला–१०’मा नेपाली मोडल इसा खड्का चौधरी सहभागी भएकी छिन् । भारतीय टेलिभिजन एम टिभीबाट प्रसारण हुने उक्त रियालिटि सोमा हजारौँ प्रतिस्पर्धीलाई पछि पारी उत्कृष्ट १५ मा परेकी इसा तीन सातादेखि उक्त प्रतियोगितामा प्रतिस्र्धारत छिन् । ललितपुर, भैँसेपाटीकी इसाले नेपालको केही फेसन सोमा भाग लिइसकेकी छिन् भने केही समय देखि उनी मुम्बईमा बस्दै आइरहेकी छिन् ।

‘स्प्लिटस्भिल्ला–१०’को केही एपिसोड प्रसारण भइसकेका छन् । उक्त सोलाई बलिउड अभिनेत्री सन्नी लियोनी र रणविजयले सञ्चालन गर्दै आइरहेका छन् । हरेक आइतबार साँझ सवा ७ बजे प्रसारण हुने प्रतियोगितामा भारतका चर्चित मोडल, गायक लगायतका सेलिब्रेटीहरु प्रतिस्पर्धामा छन् ।