नेपाली सिने नगरीमा अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन नौलो नाम होइन् । अब्बल अभिनयका कारण चर्चामा रहने यी दुवै कलाकार एक साथ चलचित्र ‘राज्जारानी’मा देखिएका छन् ।
केही दिन अघि डबिङकार्य सकिएको चलचित्र ‘राज्जारानी’मा केकी र नाजिर प्रेमी–प्रेमीकाको रुपमा देखिएका छन् ।
एक अर्कासँग काम गर्ने निकै सजिलो भएको बताउने यी दुई साच्चै प्रेम सम्बन्धमा त छैनन् ? केकी भन्छिन् ‘हामी दुई एकदमै मिल्ने साथी हौँ । एकअर्काको ख्याल राख्छौँ।’
एकअर्कालाई माया गरेको ‘राज्जारानी’ जोडीलाई दर्शकले कतिको माया गर्ने हो त्यो भने पुसमा थाहा हुने छ ।