गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियोले निकै राम्रो प्रतिकृया पाइरहेको छ । गायिका स्मिताको स्वर रहेको 'मायाले मलाई बोलायो' बोलको म्युजिक भिडियो निर्माण गर्न निकै मेहनत गरिएको थियो । नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस 'प्रफेक्ट प्लान'बाट निर्माण गरेको यस म्युजिक भिडियो निर्माण गर्न ठुलो लगानी र समय लगाइएको थियो ।

फ्रेममा सलोन र स्मिताको जोडी फ्रेममा सलोन र स्मिताको जोडी

गीतको भिडियोमा सलोन र स्मिताले बालापनको उमेरदेखि नै प्रेममा रहेका एक जोडीको भूमिका निभाएका छन् । सानो बेलामा एक अर्कासँग छुट्नु परेको र युवावस्थामा आइपुगेर पनि एक अर्कालाई बिर्सन नसकेको कथामा निर्माण भएको भिडियो निकै सुन्दर बनेको छ ।

फ्रेममा सलोन र स्मिताको जोडी फ्रेममा सलोन र स्मिताको जोडी

भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ । भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ । भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । 

फ्रेममा सलोन र स्मिताको जोडी