नेपाल आइडलको टप १८ बाट बाहिरिएका प्रतिस्प्रर्धी प्रताप लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक लामाको शब्द, संगीत रहेको गीतमा रिकेश गुरुङले एरेन्ज गरेका छन् ।
सान थापाको निर्देशनमा तयार भएको भिडियोमा बिकास लामीछाने र सुनिका बस्नेतको अभिनय रहेको छ । भिडियोलाई मिलन शंकरले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।