पछिल्लो केहि दिन देखि टिकटक क्वीन रेश्मा घिमिरे र मोडल बिजु पार्कीको बिहेको तस्बिर र भिडियोहरु बाहिरिएका छन् । उत्त तस्वीर र भिडियोमा बधाई र शुभकामना दिनेको जमात पनि ठुलै छ । झट्ट हेर्दा साच्चिकै लाग्ने बिहे रियलमा नभएर रिल बिहे हो । जसका निर्देशक हुन् सुवर्त आचार्य ।
‘लगन गाँठो’ नामक एल्बमको लागी छायांकन गरिएको भिडियोमा रेश्मा र बिजु बेहुला-बेहुली बनेका हुन् । एल्बम लगन गाँठोमा ५ गीत समावेश छन् । जसमा रतौली, मेहेन्दी, जन्ती, बिदाई देखि बिहेसम्मको गित राखिएको छ । यसै गीतहरुको लागी निर्देशक आचार्यले करिव ५ दिन लगाएर छायांकन गरेका हुन् । बेहुला-बेहुली बनेका रेश्मा र बिजु यो सम्पुर्ण सुटमै ऐतिहासिक हुने बताउछन् । ‘ पहिलोपटक लगातार ५ दिन सम्म एउटा पुर्ण भिडियोको लागी काम गरेका छौ । यो भिडियोमा मेहेन्दी देखि बिदाइसम्म छ ।’ रेश्मा भन्छिन् । त्यस्तै आफ्नो बिहेको लागी पनि धेरै कुरा छायांकनको क्रममा सिक्न पाएको हास्दै उनी सुनाउँछिन् । यता बिजु पनि रतौली खेलेको देखि बिहे र रिसेप्सन पार्टीसम्म हुदा आफ्नो रियल बिहे जस्तै अनुभव भएको सुनाउँछन् ।
लगन गाँठो एल्बममा शब्द बिनिता खनाल उप्रेतीको रहेको छ भने संगीत किरण कंडेलको रहेको छ । एल्बममा प्रविशा अधिकारी, मेलिना राई, श्रीवास्तव खरेल, मिना निरौला, बनिका प्रधान, निकिता थापा र प्रताप दासको आवाज रहेको छ ।
त्यस्तै गितको भिडियोमा दर्जन बढि कलाकारको अभिनय रहेको छ ।भिडियोमा रेश्मा र बिजुसँगै अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, रश्मी भट्ट, सम्झना बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोमा छायांकन उत्सब दाहाल, उत्तम हुमागाईको रहेको छ भने कोरियोग्राफी सुरेन्द्र बसेल, सुबोल थापा र दीपेन्द्र तिमल्सिनाको रहेको छ।