स्काउट लिडर राजीव खत्रीको 'स्कार्फ' नामक नियात्रा सङ्ग्रह सार्वजनिक भएको छ  l डायानिमिक स्काउट क्र्युको चौथो वार्षिक उत्सवको अब्सर पारेर युवा तथा खेलकुद मन्त्री दावा लामा र अन्य अग्रज जनहरूको उपस्थितिमा सङ्ग्रह सार्वजनिक गरिएको हो l कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकारहरू राधेश्याम लेकाली, युवराज नयाँ घरे, लायन्स क्लबका गभर्नर टंक श्रेष्ठ, स्काउट लिडरहरू डा. रवीन्द्र प्रसाद पाण्डे, रविन दाहाल, अनन्तप्रसाद भेटवाल, चन्दन कौशिक लगायतको उपस्थिति रहेको थियो l यस अघि १४ वटा निबन्ध लेखी सकेका खत्रीको यो पहिलो कृति हो l यस बाहेक उनको अन्य प्रशस्त रचना प्रकाशित भैसकेको छ l   पुस्तकमा स्काउटसँगै देश, भाषा, संस्कृत र विभिन्न समाजलाई जीवन्त पढ्न सकिन्छ l   तीनकुने स्थित भी एस निकेतनमा आयोजना  भएको उक्त कार्यक्रममा पछिल्लो समय राजनीतिक किचलो भएको बेला आफूले जिम्मेवारी पाएको र खेलकुद र युवाको लागी विशेष कार्यक्रम लेराइनुका साथै स्काउटमा देखिएका समस्या समाधान गर्दै नेपाल स्काउटको विकासमा योगदान पुर्‍याउने मन्त्री लामाले उल्लेख गरेका छन् l मन्त्री लगायत अन्य अग्रज व्यक्तित्वहरूले स्काउटमा गलत नेतृत्वका कारण स्काउटमा राजनीति हाबी भएको भन्दै चिन्ता पनि व्यक्त गरे ।