केही समय अघि मात्र राप्रपा एकीकरण भएसँगै राजनीतिमा प्रवेश गरेकी रेखा थापाले राप्रपाका अध्यक्ष कमल थापाको साथ छोडेकी छिन् । पार्टी विभाजन भएसँगै अभिनेत्री थापाले राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी छिन् ।  कमल थापा र पशुपति शमशेर बिच पार्टी बिभाजन भएपश्चात रेखाले कमलको साथ छाडेर पशुपतिको पार्टीमा प्रवेश गरेकी हुन ्। कुनै बेला माओवादी पार्टीमा आबद्ध रहेकी रेखा केही समय अघि मात्र राप्रपामा प्रवेश गरेकी थिइन् । राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी रेखा राजनीति कारण पनि चर्चामा आइरहने नायिका हुन् ।