स्वस्तिमा खड्का अहिलेकी व्यस्त नायिका हुन् । चलचित्रमा उनको माग राम्रो छ । हालै मात्र, उनले चलचित्र "चिसो मान्छे" काम गर्ने पक्का गरेकी छिन् । चलचित्र त स्वस्तिमाको छदै छ , यसो त उनी नाटकमा पनि केन्द्रित हुन थालेकी छन् l
नायिका स्वस्तिमा खड्का लेखक तथा पत्रकार नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’मा आधारित रहेर मञ्चन हुन लागेको नाटक ‘पल्पसा’को शीर्ष भूमिकामा काम गर्दै छिन् । स्वस्तिमाको "पल्पसा क्याफे" डेब्यु नाटक हो l