भारतका चर्चित योगगुरु बाबा रामदेवले अब बलिउड चलचित्रमा डेव्यु गर्ने भएका छन् । केही समय देखि व्यवसायका कारण व्यस्त रहेका बाबा रामदेवले ‘ए हे इन्डिया’नामक चलचित्रबाट बलिउडमा डेव्यु गर्ने लागेका हुन् । केही रियालिटी शोहरुमा अतिथि निर्णायकका रुपमा देखिएका उनी लाइफ ओकेमा सुरु हुन लागेको ॐ शान्ति ॐ मा निर्णायक बन्ने खबर केही दिन अघि बाहिरिएको थियो । राष्ट्रभक्ति कथामा आधारित रहेको चलचित्रमा ग्याभी छाहल र दियाना उप्पालको मुख्य अभिनय रहेको छ।