कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । यसै बिच गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना गरिएको थियो l
नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने टुर्नामेन्टमा दुई समूह बाँडिएको थियो । दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गरेका छन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा भएको थियो l