नयाँ वर्षको बिच साउन १ गते बाट रिलिज मा ल्याउने तयारी गरिएको चलचित्र "डिसेम्बर फल्स" यती बेला छायाङ्कनको क्रममा रहेको छ l आर्य सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा प्रस्तुत गराइएको चलचित्रलाई प्रवीण झाले निर्देशन गरिरहेका छन् l पोखरबाट छायांकन सुरु भएको चलचित्रको पोखरा सेड्युल सकिन लाग्नुका साथै दुई साताबाट काठमान्डौमा सुटिङ हुनेछ।
आर्यन र उपासनाको अलावा चलचित्रमा सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको अभिनय छ । चलचित्रको कार्यकारी निर्मातामा लक्ष्मण रिजाल र निर्मातामा राजकुमार भट्ट रहेका छन्। छायाङ्कन भइरहेको चलचित्रको सेटका केही तस्बिरहरू निर्माण टिमले सार्वजनिक गरेका छन् जसमा आर्यन र उपासनालाई भिन्न लूक्समा देख्न सकिने छ l