भारतका चर्चित कमेडीयन कपिल शर्मा यतिबेला मख्ख छन् । ‘द कपिल शर्मा शो’को टीआरपी घट्नुको साथै बिभिन्न विवादमा मुसिन्दै आएका कपिल मख्ख हुनुमा उनी अभिनित चलचित्र रिलिज हुनु हो । कपिलले आफु अभिनित चलचित्र ‘फिरंगी’को रिलिज डेट सार्वजनिक गरेका छन् । ट्वीटरमा चलचित्रको डेट सार्वजनिक गर्दै चलचित्र नोभेम्बर १० मा रिलिज हुने बताएका छन् ।सबैतिरबाट निराश भएपछि उनी केही समय अघि कपिल डिप्रेसनमा रहेको खबर बाहिरिएको थियो । चलचित्रको रिलिज डेट सार्वजनिक गर्दा कपिललाई खुसी मिलेको बताइएको छ । ‘फिरंगी’मा कपिल मुख्य भूमिकामा छन् । कपिलले रिलिज डेट लेख्दै खुसीको सबैको मायाको आवश्यकता भएको बताएका छन् ।