दशकका चर्चित अभिनेता हुन रमेश उप्रेती । उनले 'गाजल', 'अप्सरा', 'नेपाल प्यारो छ' लगायतका दर्जनौ चलचित्रमा काम गरेसकेका छन् । चलचित्र क्षेत्रमा नाम कमाउदै गर्दा अमेरिका भासिएका रमेश आफु अमेरिका बस्दा खुसी नभएको खुलाएका छन् । शुक्रबार रमेश उप्रेती अभिनित चलचित्र एश्वर्यको गीत तथा पोस्टर रिलिज कार्यक्रममा बोल्दै रमेशले आफु अमेरिकामा रहन्दा कहिले खुसी हुन नसकेको र नेपालको काम सधै भरि सम्झने बताएका छन् । नेपालमा मैले गर्ने कामहरु सम्झन्थे । पछि नेपाल आए । चलचित्रमा कम ब्याक गरे । कार्यक्रममा उनले भने । रमेशले गत बर्ष चलचित्र ब्रासलेटबाट कमब्याक गरेका थिए । यतिबेला रमेश आफैले चलचित्र एश्वर्य निर्माण गरेका छन् । गीत रिलिज कार्यक्रममा बोल्दै रमेशले चलचित्रमा पुन काम गर्ने पाउदा खुसी व्यक्त गरेका थिए । चलचित्रमा रमेशको साथमा नव नायिका दिपिका प्रसाई र केकी अधिकारीको मुख्य भुमिका रहेको छ ।