गीतकार किरण केसी ‘क्रोधी’को दोस्रो एल्बम ‘प्रशंसा’को लोकार्पण गरिएको छ । काठमाडौँमा सनिबार एक कार्यक्रममा बरिष्ठ कलाकार जोडी मदनकृष्ण श्रेष्ठ , हरिबंश आचार्यको साथै गायक रामकृष्ण ढकाल, गीतकार एसपि कोइराला, श्रीपुरुष ढकाल, संगीतकार आलोक श्री, पत्रकार पुस्कल लाल श्रेष्ठ, गीतकार आनन्द अधिकारीबाट एल्बमको लोकार्पण गरिएको हो ।

सात बर्ष अघि गीतकार किरण केसीले ‘प्रतिष्ठा’ नामक एल्बम बजारमा ल्याएका थिए । आफ्नो दुई छोरीको नामबाट एल्बम निकालेका गीतकार किरणले सदैव संगीतमा आफु लागीरहने बताए । लोकार्पण समारोहबाट नै गीतकार केसीले संगीतकार संघलाई १५ हजार रुपैँया सहयोग गरेका छन् । सार्वजनिक एल्बममा १२ वटा गीत समावेश गरिएकाे छ । जसमा रामकृष्ण ढकाल, राजेशपायल रार्इ, जगदिश हमाल, दिपक  लिम्बु लगायतका चर्चित गायक गायिकाकाे स्वर रहेकाे छ ।