कलाकार दिपिक राज गिरीले बाढि पिडितलाई एकलाख सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुकमा लेख्दै ‘अरुको दुख, हाम्रो दुख’ भन्दै एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् । त्यस्तै अभिनेत्री प्रियंका कार्कीले आफ्नो पुर्खोली घर धरान भएको र दुखमा सबैजना एकसाथ हुनु पर्छ भन्दै ५१ हजार रुपैँया सहयोग गर्ने भएकी छिन् । उनले भावुन हुदै यस्तो स्टाटस लेखेकी छिन् ।

मेरो पुर्खौली घर धरानमा पर्छ । बिहे गरेर फुपु झापा पुग्नु भएको छ । काका काकीको घर बिराटनगरमा छ। भाग्यवश, पुर्खौली, काकाको र फुपुको घर सुरक्षित छन् । तर तराईका अन्य क्षेत्रमा भेल, बाढी तिव्र छ । सामाजिक सञ्जालमा त्यहाँको पिडा देख्दा मन थामिदैंन् । आँखाबाट आँसु नै आउँछ । यस्तो अवस्थामा सरकारले गर्नु पर्ने उद्धार र राहतको कार्यमा ढिला सुस्ती हुँदा पिडासँगै आक्रोश पोख्न मन लाग्छ । तर यहाँ कराएर मात्रै केही हुने छैन । त्यसैले हामी सबैले आफ्नो ठाउँबाट बाढी प्रभावितका लागि सहयोग गरौं । सकेसम्म बाढी प्रभावित क्षेत्रमा पुगेर सहयोग र सान्तवना दिउँ । बाढी प्रभावितको सहयोगार्थ मैंले ५१ हजार रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छु । यस अभियानमा तपाईंहरुको पनि साथको अपेक्षा गर्दछु ।आउनुस बोलेर मात्र होइन गरेर देखाउने बेला आएको छ।
सक्दो एकजुट भएर सहयोग गरौं।

यता अर्की नायिका पूजा शर्माले पनि आफ्नो तर्फबाट भन्दै लत्ताकपडा सहित १ लाख सहयोग गर्ने भएकी छिन् । उनी व्यक्तिगत रुपमा नै हेलिकोप्टर लिएर प्रभावित भएको ठाउँमा जाने  बताइन् । तराई तथा पूर्व बिभिन्न क्षेत्रमा डुवानमा पर्दा कलाकार संघले ६५ हजार रुपैँया सहयोग गर्ने भएको छ । त्यस्तै अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले ५१ हजार रुपैँया सहयोग गर्ने भएकी छिन् ।