अभिनेता निखिल उप्रेती र सौगात मल्ल अभिनित चलचित्र ‘संरक्षण’ साउन २७ गते शुक्रवारबाट प्रदर्शन भएको छ । सुरुको दिनमा सुखद ओपनिङको साथमा प्रशंसा पाएको ‘संरक्षण’लाई निरन्तर भइरहेको वर्षाले प्रत्यक्ष असर पारेको छ । तराईका विभिन्न स्थानमा अत्यादिक मात्रामा भइरहेको वर्षाको कारण धेरै क्षेत्रहरू डुवानमा परेका छन् । डुवानकै कारण तराईका प्राय हलहरु बन्द रहेको निर्माण पक्षले जनाएको छ । काठमाडौँमा भने राम्रो व्यपार गरिरहेको ‘संरक्षण’ निर्माता प्रदिप कुमार उदय बताउछन् । डुवानको कारण तराईका २१ स्थानहरुमा संरक्षण प्रदर्शन हुन सकेन ।

निर्माता उदयका अनुसार पूर्वका जतिपनि सोहरु स्थगित गरिएका छन् , वर्षा रोकिने साथ हलहरुमा प्रदर्शन हुने जानकारी दिए । तराई, मधेसको राजनीति परिवेशलाई चित्रण गरेको चलचित्र ‘संरक्षण’लाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्रमा निखिल र सौगातको साथै कामेश्वर चौरसिया, प्रमोद अग्रहरी, अशिष्मा नकर्मी, मलिना जोशी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।