चलचित्र फाटेको जुत्ताको पहिलो लुक्स सार्वजनिक भएको छ । प्रियंका कार्की र सौगात मल्लको मुख्य भुमिका रहेको चलचित्रको पहिलो लुक्समा धोती लगाएका व्यत्ति फाटेको जुत्ता लगाउर उभिएका छन् । उनको कम्मर मुनिको भाग मात्रै देखाइएको छ । छेउमा बोरा राखिएको छ । छेउछाउमा वियरका बोत्तल पनि ढलेका छन् । तर उक्त व्यत्ति को हुन् खुलाइएको छैन् । निकेश खड्काको निर्देशन रहेको फिल्म फाटेको जुत्तमा सौगात मल्ल, प्रियंका कार्कीको साथै कामेश्वर चौरसिया लगायत कलाकारहरुको अभिनय रहेको छ । अर्जुन कुमारको निर्माण रहेको फिल्म डार्क कमेडी जनराको हो । चलचित्र कात्तिकको १७ गते प्रदर्शन हुने छ ।