अभिनेत्री स्वेता खड्काको निर्माणमा बन्न लागेको चलचित्र ‘कान्छी’को आज सोमबार शुभमुर्हत गरिएको छ । आकाश अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कान्छी’मा अभिेत्री स्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहने छ । केही समय अघि नै छायाँकनमा जाने बताइए पनि विभिन्न कारणले चलचित्रको घोषणा हुन सकेको थिएन् । काठमाडौँमा सोमबार चलचित्रको औपचारिक रूपमा घोषणा गरिएको थियो ।

भदौ २ गतेबाट छायाङ्कन सुरु हुने बताइएको चलचित्रमा कथा यम थापाको रहेको छ । चलचित्रको छायाङ्कन मुस्ताङमा हुने निर्माण पक्षले जनाएको छ । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने चलचित्रमा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको सङ्गीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । चलचित्रमा स्वेता र दयाहाङको साथमा अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहने । चलचित्र भने यसै वर्षको माघ २६ गते प्रदर्शनमा आउने निर्देशक अधिकारीले बताएका छन् ।