निरन्तर बर्षाको कारण तराई लगायत पुर्वको बिभिन्न स्थान यतिबेला डुवानमा छ । हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । उनी आइतबार राती नै राहत सामग्रीको साथमा मोहत्तरी पुगेका थिए ।

‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’, ‘मानवता र सद्भावको लागि गरौं सहकार्य’ भन्ने नाराका साथ धुर्मुसले सोमबार जनकपुरको धराजभन टोलमा जलाद नहरले डुवानमा परेका ८८ परिवारका लागि तत्काल खान मिल्ने खाद्यान्न, औषधि, पानी लगायतका राहत सामग्री वितरण गरेका हुन् ।

उनले आइतबार राती नै महोत्तरीको भंगहा–४ रामनगर पुगेर प्रभावित ३५ परिवारलाई राहत बितरण गरेका थिए ।यस्तै सोमबारै राहतका प्याकेज सहित सप्तरी जाने जानकारी दिएका उनले मंगलबार राहत वितरणका लागि सुनसरी पुग्ने बताएका छन ।
