बलिउडका चर्चित अभिनेता प्रेम चोपडा यतिबेला नेपालमा छन् । काठमाडौामा आयोजना हुन लागेको एक कार्यक्रमको लागी उनी नेपाल आएको बताइएको छ । उनी सोमबार राजधानीको दबारमार्ग स्थित राइजिङ मलमा देखिएका थिए ।

सन् १९७० को दशकको चर्चित अभिनेता हुन् प्रेम चोपडा ।उनले सय भन्दा बढि भारतिय चलचित्रमा काम गरिसकेका छन् । बुझिए अनुसार उनी होटेल हायातको ‘क्यासिने प्राइडे’ कोे कार्यक्रममा सहभागी हुने छन् । आइतबार साँझ प्रेम चोपडा नेपाल आएका थिए ।