सुविन भट्टराईको चर्चित पुस्तक माथि बन्ने चलचित्र ‘समर लभ’को छायांकन प्रारम्भ गरिएको छ । चलचित्रको सोमबारबाट छायाँकन सुरु गरिएको हो । आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहने गरि अलिक समय अघि नै घोषणा गरिएको ‘समर लभ’ अब भने फ्लोरमा गएको छ । चलचित्रमा मुस्कान ढकालको निर्माण तथा निर्देशन रहने छ ।

चलचित्रमा आशिष र रेवतीका अलावा नम्रता सापकोटा, शिशिर भण्डारी लगायतको अभिनय रहनेछ । चलचित्रको छायाँकन काठमाडौँ, पोखराका साथै नर्वेमा पनि गरिने निर्माण पक्षले जनाएको छ । 'समर लभ'मा संबाद र पटकथा सामिप्य राज तिलाम्सिना, संगीत पुष्पन प्रधान को रहनेछ भने छायाँकन सन्जय लामाको रहेको छ ।