नेपाली कथानाक चलचित्र ‘स्काउट’को प्रदर्शन मिति तय भएको छ । लामो समय देखि प्रदर्शनको लागी कुरिरहेको चलचित्र ‘स्काउट’ यहि आउदो भदौ ८ गतेबाट प्रदर्शन हुने भएको छ । गोविन्द गौतमको निर्देशन रहेको चलचित्रमा नेपाल स्काउटको कथालाई उठाइएको छ । चलचित्रमा गरिमा पन्त, नबराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठ लगायतकका कलाकारको अभिनय रहेको । मधुकुमार श्रेष्ठको निर्माण रहेको चलचित्रमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीले .लगानी गरेका छन् ।