गायक शरद ढुंगेलको पहिलो एल्बम ‘प्रतिध्वनी’मा समावेश रहेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ५ वटा गीत समावेश भएको एल्बमको काठमाण्डौमा आयोजित एक कार्यक्रममा गीतकार डाक्टर कृष्णहरि बरालले विमोचन गरेका थिए । एल्बममा समावेश ५ वटा गीत मध्ये २ वटा गीतको भिडियो पनि तयार भैसकेको छ ।यो एल्बममा समावेश सबै गीतमा हेमन्त ढुंगेलको शब्द छ ।
सार्वजनिक भएको भिडियोमा मोडलद्धय रञ्जन रिमाल र नम्रता योगीले मोडलिङ गरेका छन् ।निशान घिमिरेले सम्पादन गरेको भिडियोमा उत्सव दाहालको छायांकन छ । यूवराज वाइवाले भिडियोको निर्देशन गरेका हुन् ।