करिब सात बर्षको बोलचाल बन्द पछि अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल एकसाथ चलचित्र ‘रुद्रप्रिया’मा देखिन्दै छन् । एक जमनामा थुप्रै हिट चलचित्र यो जोडीले दिइसकेको छ । यतिबेला यी दुईले एकसाथ काम गरेको चलचित्र ‘रुद्रप्रिया’ प्रतिक्षित बनिरहेको छ । अभिनेत्री रेखा थापाको निर्माणमा बनेको चलचित्रको केही समय अघि पोस्टर सार्वजनिक भएको थियो । पोस्टर सार्वजनिक भएसँगै रेखा र आर्यनको पुरानो जोडीलाई याद दिलाएको थियो । त्यस्तै केही दिन अगाडी चलचित्रको गीत सार्वजनिक भएको थियो ।
‘चिरबिर चिरबिर’ बोलको गीत सार्वजनिक भएसँगै गीत चर्चित बन्यो भने रेखा र आर्यनको केमेष्ट्री लोभ लाग्दो देखिन्छ । उक्त गीतले युट्युवमा १० लाख भन्दा बढि भ्यु कमाइसकेको छ । गीतमा जमेको रेखा र आर्यनको जोडी चलचित्रमा कत्तिको जम्नेको त्यो भने काक्तिक २ गते थाहा हुने छ । लक्ष्मी पूजाको अवसर पारेर चलचित्र ‘रुद्रप्रिया’ प्रदर्शनमा आउदै छ ।