सुपरस्टार रजनीकान्त अभिनित फिल्म २.० रिलिज अगावै नाफामा गएको छ । फिल्मले रिलिज हुनु अगाडी नै १८० करोड रुपैयाँ कमाएको छ । मेगा बजेटको फिल्म रहेको २.०को स्याटलाईट अधिकार बेचेपछि उक्त रमक पाएको हो । फिल्मको स्याटलाईट अधिकार जी नेटवर्कले किनेको छ। फिल्मको तेलंगाना र आन्ध्र प्रदेशको बितरण अधिकार ‘द ग्लोबल सिनेमा’ले खरीद गरिसकेको छ । सोचेको भन्दा बढि रकममा स्याटलाईटको अधिकार बेचेको निर्माण पक्षले भारतिय मिडियालाई बताएको छ । रजनीकान्तको रोबोटको सिक्वेल फिल्म २.० लाई एस शंकर के ले निर्देशन गरेका छन्। फिल्ममा रजनीकान्तको साथै बलिउड अभिनेता अक्षय कुमारको मुख्य भुमिका रहेको छ । रिलिज मिति तय नभएको चलचित्रमा अक्षय भिलेनको भुमिकामा देखिएका छन् ।