चलचित्र 'भुईँमान्छे'को प्रिमियर सो सम्पन्न भएको छ । मंगलबार काठमान्डौँको बिग मुभिजमा चलचित्रको प्रिमियर सो आयोजना गरिएको थियो । पोस्टमार्टम गर्ने मान्छेको कथामा आधारित रहेको चलचित्रलाई दर्शकले हेरिसके पश्चात मिश्रित प्रतिक्रिया दिएका छन् । कार्यक्रममा चलचित्रमा अभिनित कलाकारको साथै संचारकर्मी लगायत उल्लेख्नि व्यक्तिवको उपस्थित रहेको थियो ।

सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहिणी भट्टराई लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् । चलचित्रमा पटकथा र कथा निर्देशक आफैको रहेको छ ।  चलचित्रलाई विदुर पाण्डेले क्यामेरामा कैद गरेका हुन् । चलचित्र भाद्र २ गतेबाट प्रदर्शनमा आउनेछ ।