सभासद समेत रहेकी सिन्धु जलेशा बुढाथोकीले तिजको अवसर पारेर नयाँ तिज गीत बजारमा ल्याएकी छिन् । सिन्धु आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत बुधबार राजधानीमा आयोजना भएको एक कार्यक्रम बिच सार्वजनिक गरेकी थिइन् । एमाले नेता प्रदीप ज्ञावलीको प्रमुख आतिथ्यमा उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो ।
त्यस्तै तिज गीतको भिडियो सार्वजनिक गरेसँगै उनले कार्यक्रममा राष्ट्रिय भाव बोकेको म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोहरु हेरेपछि नेता ज्ञावलीले सिन्धुको सृजनाको प्रशंसा गरे ।
राष्ट्रिय भावको भिडियोलाई रामशरण कोइरालाले निर्देशन गरेका छन् भने सम्पादन भूपेन्द्र अधिकारीको छ । शिव पंगेनीको छायाँकन रहेको भिडियालाई रेनेश फागोले रंग संयोजना गरेका छन् । तीज गीतको भिडियोलाई पनि यही समुहले निर्माण गरेको हो ।