फिल्म स्क्रिनमा आफ्नो छुटै पहिचान बनाएका बलिउड अभिनेता रणवीर सिंह एक नयाँ कार्यक्रम मार्फत दर्शक माझ आउन लागेका छन l चर्चित टिभी कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तुतकर्ता वियर ग्रिल्स सँग रणवीर एउटै पर्दामा देखिने भएका हुन् l वियर ग्रिल्स र नेटफ्लिक्सको सहकार्य बन्न लागेको उक्त कार्यक्रमको लागी रणवीर सँग टिमले पछिल्लो ७ महिना देखी कुरा गरीरहेको थियो l आफ्नो साहसीमूलक कार्यक्रममा रणवीर सिंह सबैभन्दा राम्रो रोजाइ भएकोले ग्रिल्स र नेटफिल्क्सले रणवीरलाई रोजेको भारतिय संचारले जनाएको छ। यसको सुटिङ भने यही वर्षदेखि साइबेरीयामा सुरु हुनेछ। सिंह मात्र पहिलो कलाकार भने हैन वियर ग्रिल्स सँग काम गर्ने l ठूलो बजेटको लगानीमा बनाउन लागिएको यो कार्यक्रम नेटफिल्क्सको ठूलो रिलिजमध्ये पर्ने अनुमान छ। यस् अघि चर्चित कलाकार अक्षय कुमार , रजनिकान्त साथै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ग्रिल्स सँग एउटै पर्दामा काम गरिसकेका छन् l