बलिउड अभिनेत्री प्रियंका चोपडा ट्रोलको सिकार भएकी छिन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा बलिउड सेलिब्रेटीहरुले सामाजिक सञ्जालमा शुभकामना दिएका थिए । त्यस्तैमा अभिनेत्री चोपडाले स्वतन्तता दिवसको अवसरमा आफ्नो फ्यानलाई देशको झण्डा बोकेको आफ्नो तस्वीर सार्वजनिक गर्दै शुभकामना दिएकी थिइन्। उत्त तस्बिरमा उनले भारतको झण्डा घाँटीमा बेरेकी थिइन् । तस्बिर पोस्ट भएसँगै सामाजिक सञ्जालमा प्रियंकाको चर्को आलोचना भएको छ । उलाई झण्डालाई सस्ता तरिकाले प्रयोग गरेको साथै सम्मान नगरेको आरोप लागेको छ । अझ कतिले त भारत नै नफर्किनु सम्म भनेर कमेन्ट गरेका छन् ।
सामाजिक सञ्जालमा प्रियंका प्राय ट्रोलको सिकार हुने गरेकी छन्। यसअघि उनी भारतको प्रधानमन्त्री मोदीलाई भेट्न जाँदा खुट्टा देखिने कपडा लगाएको भन्दै ट्रोलको सिकार भएकी थिइन्।