बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ले धमाका मच्चाउन सकेन । भारतका फिल्म बिक्रेताहरुलाई आर्थिक नोक्सानको ५० प्रतिशत रकम निर्माताले फिर्ता गर्ने खबर बाहिरिए सँगै नेपाली डिस्ट्रिब्युटरलाई पनि नोक्सान बापत पैसा दिने भएको छ । नेपालको राईटस लिएको गोपिकृष्ण मुभिजलाई रेड चिल्लिजले नोक्सानको बापतको रकम फिर्ता गर्ने लागेको हो । आश गरिएको फिल्ममा रहेको ‘जब ह्यारी मेट सेजल’ नेपालमा ल्याउनको लागी ठुलो रकम खर्चिएको बुझिएको हो । तर फिल्म नचले पछि फिल्म कम्पनी रेड चिल्लिजले व्यवसायिक नोक्सान बारे जानकारी चाहेको छ बताइएको छ । बुझिए अनुसार फिल्मको घाटा १ करोड रहेको र राहत रकममा ५० लाख फिर्ता हुन सक्ने बताइएको छ र यसअघि शाहरुख खानको फिल्म अशोका र पहेलीले बक्सअफिसमा राम्रो प्रदर्शन नगरेपछि रेड चिल्लिजले राहत रकम दिएको थियो ।