बलिउड अभिनेत्री कारीना कपुरले आफूलाई अपग्रेड गर्दै फिल्म निर्माण तिर हात हालेकी छिन् l एकता कपूरको बालाजी टेलीफिल्मससँग सहकार्य गर्दै उनले फिल्म निर्माण गर्न लागेकी हुन् l हंसल मेहताको निर्देशन रहने यस फिल्मको नाम भने खुलाइएको छैन l भारतीय संचारले फिल्मको छायांकन युकेबाट हुने उल्लेख गरेको छ । आँफु पहिलो निर्माताको रूपमा काम गर्न पाउँदा उनी उत्साहित छिन् l एकता सँग पहिलो पटक सहकार्य गर्न पाउँदा आफू निक्कै नै खुसी रहेको उनको भनाइ छ l साथै , फिल्मको यात्रा सुरु गर्न धेरै समय पर्खिन नसक्ने जनाएकी छिन् l