भारतीय नायिका शिल्पा शेट्टीलाई करोडौँ ठगीको आरोपमा प्रहरीले उनको घर घेराउ गरेको छ l करोडौँ ठगीको आरोप लगाउँदै ज्योत्सना चौहान नाम गरेकी महिलाले  शिल्पा र उनकी आमामाथि मुद्दा हालेकी थिइन l यसैलाई आधार मानेर पुलिसले गत बुधवार उनको घर घेराउ गरेको थियो l कम्पनी खोल्ने भन्दै आमा र शिल्पाले ज्योत्सना सँग सम्झौता गरेको भारतीय सञ्चारमा उल्लेख छ l साथै जाहेरी गरिएको मुद्दामा आयोसिस स्लिमिङ्ग स्किन सैलुन तथा स्पा वेलनेस सेन्टरको ब्रान्च खोल्ने भन्दै शिल्पा र उनकी आमा सुनन्दाको कम्पनीका मानिसहरूले करोडौंं रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । प्रहरीले एक महिना अगाडि नै शिल्पालाई नोटिस पठाएको थियो । तर केही प्रतिकृया नआएपछि पुलिस आफै सोधपुछको लागि शिल्पाको घर जुहु पुगेको थियो l