चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर आउट भएको छ । नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर आइतबार साझ युट्युब मार्फत सार्वजनिक भएको हो । नितिन चन्दको निर्देशनमा बनेको ‘जोनी जेन्टलम्यान’को ट्रेलरमा प्रेम र प्रेम प्राप्तीसँगै बदलालाई देखाइएको छ ।
योर स्टाइल पिचर्स र एजी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् । ‘जोनी जेन्टलम्यान’ एड्रिउन प्रधानको लगानी रहेको छ भने अजय मल्ल ठकुरी कार्यकारी निर्माता हुन् । चलचित्र भदौ ३० गतेबाट अल नेपाल रिलिज हुदै छ ।