बलिउड अभिनेता अभिषेक बच्चनलाई लिएर अभिनेता तथा निर्देशक आर पार्थिएपनले तमिलको सुपर हिट ‘ओथा सेरुप्पु’ फिल्मको हिन्दी भर्सनको रिमेक निर्माण गरेका छन् l अभिषेकको मुख्य भूमिका रहने फिल्मको बिहीबार चेन्नईबाट छायांकन सुरु गरिएको हो l अभिनेता नवाजुद्दीन सिद्धिलाई फिल्ममा निर्माण टिमले अफर गरेको थियो l तर उनले काम गर्न अस्वीकार गरे पछी अन्तिममा बच्चनलाई यस फिल्ममा काम गराइएको हो l पहिलो पटक तामिल फिल्मको रीमेकमा काम गरेका अभिषेकले फिल्ममा पार्थिएपनको भूमिका निर्वाह गरेका छन् l फिल्म मासिलामणि (आर.पार्थीपन) को वरिपरि घुम्छ, जो एक हत्याको मामलामा संदिग्ध हुन्छन् र पुलिसले सोधपुछका लागि हिरासतमा लिन्छ l २०१९ मा रिलिज भएको यो फिल्मले तमिल इन्डस्ट्रीमा कयौँ रेकर्ड तोडेको थियो । फिल्मलाई पार्थिएपनले नै निर्देशन गरेका थिए भने उनकै मुख्य भूमिका थियो ।