विश्वकै चर्चित अवार्ड ‘ओस्कर अवार्ड’मा नेपालबाट चलचित्र ‘सेतो सुर्य’ छनोट भएको छ । दिपक रौनियारको निर्देशनमा बनेको चलचित्र ‘सेतो सुर्य’ले नेपालको प्रतिनिधित्व गर्ने छ । एक परिवारमा बस्ने सदस्य भित्र फरक राजनितिक बिचार र त्यसले उत्पन्न गराउने घटनालाई चलचित्र ‘सेतो सुर्य’मा समावेश गरिएको छ । चलचित्रले यस अघि भेनिस फिल्म फेस्टिभल इन्टरफिल अवार्ड पाइसकेको  छ ।

ओस्करमा चलचित्र पठाउनको लागी ‘सेतो सुर्य’ र ‘बिजुली मेसिन’ले निवेदन दिएका थिए । निवेदन दिएका दुई चलचित्रमा नेपालबाट सेतो सुर्य छनोट गरिएको थियो । ‘द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेस’ले मार्च ४ तारिखमा अमेरिकाको लस एन्जेलसको डबली थियटरमा अवार्ड कार्यक्रम आयोजना गर्दैछ। चलचित्रमा दयाहाङ राइ, रविन्द्रसिंह बाँनिया लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।