लोकप्रिय भारतीय गायन रियालिटी शो 'इन्डियन आइडल १२' को विजेता पवन दीप राजन बनेका छन् l आइतबार राती भएको फिनालेमा सबै प्रतिस्पर्धीलाई उछिन्दै दिपले सिजन १२ को उपाधि आफ्नो पोल्टामा हालेका हुन् l एपिसोडै पिछे आफ्नो सुमधुर आवाजको कारण निर्णायक साथै दर्शकको मन जितेका पवन दीप राजनलाई अरुणिता कान्जीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेले कडा चुनौती दिएका थिए । तर ती चुनौतीहरूलाई पार गर्दै उनी विजेता बन्न सफल भएका छन् l उनले ट्रोफी सहित रु पच्चिस लाख धन राशि जितेका छन् l यस रियालिटी शो मा भाग लिनु अगावै पनि उनले सन् २०१५ मा टिभी शो ‘द भ्वाइस अफ इन्डिया’ सिजन वान जितिसकेका छन् ।