युवापुस्ता माझ चर्चित छन् नायक अनमोल केसी । उनलार्इ पछिल्लाे समय  नेपालको नयाँ स्टारको रूपमा लिइन्छ  । अनमोलले आफ्नो स्टारडम विगतका केही चलचित्रमा प्रमाणित गरिसकेका छन् । अनमोल अभिनित ‘होस्टेल’, ‘जेरी’ लगायतका चलचित्र सुपरहिट छन् । यति बेला चलचित्र ‘कृ’को सुटिङमा व्यस्त रहेका अनमोल केही दिन अघि अवार्ड समारोहको लागी अमेरिका पुगेका थिए । खुम्बु खोल्च ग्लोबल अवार्डमा सहभागी हुन अनमोलको साथै भुवन केसी, दिपाश्री निरौला, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकार अमेरिका पुगेका थिए । नेपाली फिल्म क्षेत्रका चर्चित व्यक्तिहरू सहभागी भएको उक्त अवार्डमा नायक अनमोल केसीले भने सबैको नजर खिचेका थिए । अनमोलले उक्त अवार्डमा चलचित्र ‘गाजलु’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । अवार्ड उनकै पिता भुवन केसीले दिएका दिएका थिए । अवार्ड लिन स्टेज पुगेका अनमोलले आफ्नो बुवाको अगाडी घुँडा टेकेर अवार्ड लिएका थिए ।