केही समय अघि नै निर्माण घोषणा भएको चलचित्र ‘ब्रेकअप’को लागी नायिका फाइनल गरिएको छ । हेमराज बिसीको निर्देशनमा बन्न लागेको चलचित्रको लागी १५ लाख पारिश्रमिक लिएर नायक आशिमान देशराज पहिले नै तय भइसकेका थिए । रोहित अधिकारीले निर्माण गर्ने लागेको चलचित्र ‘ब्रेकअप’मा नायिकाको खोजी गरिएको थियो । रोहितले आशिरमानको जोडीको रुपमा नव–नायिका शिल्पा मास्केलाइ फाइनल गरेका छन् ।

शिल्पासँग चलचित्रमा काम गर्नेबारे संझौता भैसकेको रोहितले जानकारी दिए । शिल्पाले एक हलिउड चलचित्रमा समेत काम गरेकी छिन् । चलचित्र ‘गाजलु’ निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा सफल निर्माताको रुपमा स्थान बनाइसकेका रोहितको दोश्रो चलचित्र ‘ब्रेकअप’ निर्माण अगाडि नै चर्चामा छ ।चलचित्रलाइ नेपालका रमणिय स्थानसहित लण्डनमा छायांकन गरिने निर्माणपक्षले बताएको छ । रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को प्रस्तुतीमा बन्न लागेको चलचित्रमा रोहित अधिकारी, रुपक थापा, दिपक खतिवडाको लगानी रहनेछ । चलचित्रको छायांकन भदौको अन्तिमबाट गरिने बताइएको छ । लभ स्टोरी कथामा निर्माण हुन लागेको यो चलचित्रलाइ यसैबर्ष प्रदर्शन गर्ने रोहितको भनाइ छ ।