बहुप्रतिक्षित फिल्म "के जी एफ २" को रिलिज मिति तय भएको छ l नयाँ वर्ष वैशाख १ अर्थात् २०२२ अप्रिल १४ गते फिल्म  प्रदर्शनमा आउने भएको हो l अभिनेता यस्सले आफ्नो अफिसियल फेस्बूक पेज मार्फत फिल्मको रिलिज मितिको जानकारी गराएका हुन् l यस अघि फिल्मलाई निर्माण टिमले जुलाई १ अर्थात् नयाँ वर्ष साउन १ गते लाई तय गरेका थिए l तर कोरोना महामारीले गर्दा फिल्मको रिलिज मिति सारिएको  हो l यस्स राजको मुख्य भूमिका रहेको फिल्मको कथा साथै निर्देशन प्रसनाथ निलको रहेको छ l  पहिलो फिल्मलेनै दर्शकलाई उत्साहित बनाएको थियो l भने, सिक्वेल २ को ट्रेलरले गर्दा झन् दर्शकलाई कौतुहलता बनाएको छ l  अभिनेता यस राज सँगै फिल्ममा सञ्जय दत्त,श्रीनिधि शेट्टी,रविना टन्डन ,गोविन्द गौडा लगायत कलाकारको अभिनय रहेको छ l फिल्ममा  बलिउड अभिनेता सञ्जय दत्त विद्रोही भूमिकामा प्रस्तुत भएका छन् l