बलिउड अभिनेता सलमान खान यती बेला रुसमा छन् l फिल्म ‘टाइगर ३’ को छायांकनका लागि उनी रुस पुगेका हुन् l रुसको एक सिटीमा उनी फरक अवतारमा देखिएका छन् । खैरो रंगको लामो दाह्री र कपालमा l उक्त लूक्समा उनलाई चिन्न समेत मुस्किल पर्छ । अहिले सो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ l मनीष शर्माको निर्देशन रहेको यस फिल्मको अहिले एक्सन सिनको छायांकन भइरहेको छ । ‘टाइगर’ फ्रेन्चाइजको पहिलो फिल्मलाई कबीर खान र दोस्रो पार्टलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् । यस पटक फिल्ममा इमरान हाशमी भिलेनको भूमिकामा देखिँदै छन् । पर्दामा उनलाई सलमानसँग भिड्दै गरेको देख्न पाइनेछ । साथै फिल्ममा अभिनेत्री कट्रीना कैफ पनि देखिएकी छिन् l भारतीय सञ्जालले समाचार सम्प्रेषण गरे अनुसार रोचक के छ भने ‘टाइगर ३’ मा यस फिल्मको कनेक्सन शाहरुख खान अभिनीत फिल्म ‘पठान’ सँग छ । जहाँ ‘पठान’ को कहानी सकिनेछ भने त्यहीँबाट ‘टाइगर ३’ सुरु हुनेछ । अर्थात्, ‘पठान’ को क्लाइमेक्स (अन्तिम) सिन नै ‘टाइगर ३’ को सुरुवात हो । दुवै फिल्मका निर्माता आदित्य चोपडा हुन्