बलिउडमा लभ र ब्रेकअपले सधै चर्चा पाइरहेको हुन्छ । केही समय अघि अभिनेत्री दिपिका पादुकोण र रणबीर सिहंको ब्रेकअप हल्लाले बलिउड गसिप बजार तातेको थियो । यतिबेला क्युट कपलको रुपमा चिनिने नायिका आलिया भट्ट र नायक सिद्धार्थ मल्होत्राको ब्रेकअप हल्लाले बलिउडलाई गर्माएको छ । भारतिय मिडिया अनुसार आलिया र सिद्धार्थको ब्रेकअप हुनुमा अर्की अभिनेत्री ज्याकलिन फर्नान्डेजको कारण रहेको बताइएको छ । खासमा सिद्धार्थ र ज्याकलिन आफ्नो अपकमिङ चलचित्र ‘जेन्टलम्यान’को प्रमोसनामा व्यस्त छन् । प्रमोसनको क्रममा एक अर्कासँग यी दुई नजिक भएको भारतिय मिडियाले जनाएका छन् । तर भारतको एक चर्चित अनलाइनले चलचित्र चलाउनको लागी ब्रेकअपको प्रोपण्डा अपनाएको लेखेको छ । सिद्धार्थ अभिनित चलचित्र असफल भएको कारण ‘जेन्टलम्यान’ जसरी पनि सफल बनाउन यो सबै भएको जनाएको छ । उनी, आलियासँगको प्रेमबाट चलचित्रको रिलिज समयसम्म टाढा रहन चाहेको बताइएको छ ।