अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेल बटम’ यती बेला सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ l कोरोना त्रास बिच पनि रिलिज गरिएको यस फिल्मले सुखद व्यापार भने गरेको छैन l बक्स अफिसमा ‘बेल बटम’ सबै भन्दा कमजोर फिल्म कहलिएको छ l आफ्नो लगानी उठाउन पनि फिल्मलाई धौ धौ परेको छ l   कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो पटक सिनेमा हलमा फिल्म रिलिज गरिएको थियो l  त्यसैले पनि फिल्मले कमजोर व्यापार गरेको भारतीय फिल्मकर्मीहरूको भनाइ छ l  ४५ करोडमा बनेको फिल्मले चार दिनमा १३ करोड ४५ लाखको मात्र व्यापार गरेको छ । फिल्मको पहिलो दिने कमाई २ करोड ७५ लाख थियो । त्यसै गरी दोश्रो दिन पनि २ करोड ७५ लाख , तेश्रो दिन ४ करोड ५० लाख , चौथो र पाचौ दिनमा ६ करोड ५० लाखको व्यापार गरेको थियो l कोरोना महामारीको समयमा रिलिज भएको फिल्म ‘मुम्बई सागा’ ले पहिलो दिन २ करोड ८२ लाख र अर्को फिल्म ‘रुही’ ले ३ करोड ६ लाख कमाएको थियो । यसको अगाडि ‘बेल बटम’ को कलेक्सन अपेक्षाभन्दा कम हो । फिल्ममा वाणी कपूर, लारा दत्ता, हुमा कुरेशी, आदिल हुसेनको पनि मुख्य भूमिका छ ।