कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले सिनेमा हल लगायत बढी भिडभाड हुने स्थान खोल्न दिएको छैन lजस कारण गत चैतदेखि न कुनै फिल्मको छायांकन राम्रो सँग भएका छन्, न त कुनै फिल्म रिलिज नै भएका छन् । बरु असार १ गतेदेखि खुकुलो बनाइएको लकडाउनका बेला म्युजिक भिडियोको काम भने भटाभट भयो । पछिल्लो समयमा कलाकारहरू पनि म्युजिक भिडियोमा बढी देखिएका छन् । अन्य समय हप्तामा केही मात्रामा मात्र सार्वजनिक हुने भिडियोहरू अहिले दिनदिनै सार्वजनिक भएका छन् l एकैदिनमा पनि दर्जनौँ म्युजिक भिडियो युट्युबमा रिलिज भई रहेका छन् l अरू बेला फिल्मले ओगट्ने युट्युब ट्रेन्डिङ अहिले दर्जनौँ म्युजिक भिडियोले ओगटेका छन् l बजारमा म्युजिक भिडियोको राम्रै प्रतिस्पर्धा चलेको छ भनेर युट्युब हेरेर नै बुझ्न सकिन्छ l

कराइ धोइदेउन् : यस गितले युट्युब ट्रेन्डिङको दोश्रो स्थान ओगटेर बसेको छ l गायिका एलिना चौहान र कलेज नेपालका जिवेश गुरुङको आवाज रहेको गीतलाई गत हप्ता मात्र रिलिज गरिएको थियो l गीतलाई हाल सम्म ७ लाख माथि दर्शकले हेरी सकेका छन् l रुपेश थापा र महावीर कार्कीको संयुक्त छायाङ्कन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन, निमबाबु तामाङको कोरीयोग्राफी समावेश छ l एलिना र जिवेशले नै भिडियोमा अभिनय गरेका छन् l साथै, यी दुईलाई भिडियोमा साथ सँगम भण्डारी, बानूँ राम शाक्य र कमल मैनाली पनि दिएका छन् l

पोइला जान्छौ त: गत वर्षको ब्लक्ब्लस्टर गीत 'मिनिरल वाटर' को भाग २ 'पोइला जान्छौ त' पनि युट्युब ट्रेन्डिङमा छ l म्युजिक भिडियो ट्रेन्डिङको सत्रौँ स्थानमा रहेको छ l भिडियोलाई ३ लाक माथि दर्शकले हेरी सकेका छन् l गायक भीम विष्टको शब्द रचना र संगीतमा गीत बनेको छ l आवाजमा भिमलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् l मौसम हिमालीको कोरीयोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोको सम्पादन र छायाङ्कन पवन सुस्लिङले गरेका छन् l भीम विष्ट ,सुधीर श्रेष्ठ, गीता ढुंगाना र लोसिना लामिछाने भिडियोमा फिचर्ड छन् l इनाक्षी एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट भिडियोलाई हेर्न सकिन्छ l

कुरा बुझ्न पर्च : अघिल्लो साता सार्वजनिक गरिएको गीत अहिले १, २ हुँदै ट्रेन्डिङको चौथो स्थानमा छ l भिडियोमा नायिकाद्दय स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय रहेको छ l भिडियोलाई ११ लाख माथि दर्शकले हेरेका छन् गायिका समीक्षा अधिकारी र शान्ति श्री परियार सुमधुर आवाज गीतमा रहेको छ l गायक प्रकाश सपुतको शब्द रचना र संगीत गीतमा रहेको छ l भिडियोको सम्पादन प्रवीण भट्टले गरेका छन् lस्वस्तिमा र आँचलको अलावा भिडियोमा लक्ष्मी गिरी, कालु राणा, कमला रेग्मी,अनिता बस्नेत,सुनिल बिकको पनि अभिनय रहेको छ l भिडियोको कन्सेप्ट तथा निर्देशन प्रकाश सपुतकै रहेको छ l

हावा सरर:पछिल्लो समय चर्चित डान्सिङ ग्रुप ‘द कार्टुन क्रु’ जुनियरको अभिनय रहेको गायक सचिन रौनियारको ‘माया सरर’ गीत पनि युट्युबको तेश्रो स्थानमा l भिडियोलाई केही दिन अघि मात्रै सार्वजनिक गरिएको हो l ९ लाख माथि दर्शकले भिडियो हेरेका छन् l जीतेनको शब्द तथा संगीत रहेको गीतको भिडियो कार्टुन क्रुका सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुशीलसँगको छायाँकन र सुरोज अधिकारीको सम्पादन छ ।

बाफ : गायक-गायिका सुजन चापागाईँ र विद्या तिवारीको स्वरमा समावेश गीत ‘बाफ’ ले युट्युबको १० औ स्थान ओगटेको छ । गीतकार हर्क साउदको शब्द रहेको गीतको भिडियोमा नवीन चौहानको कथा तथा निर्देशन रहेको छ । सुरजले पौडेलले भिडियोको सम्पादन गरेका छन् ।भिडियोमा गायक प्रताप दासले मुख्य भूमिकामा अभिनय गरेका छन् । त्यस्तै शिल्पा थापा, नयन नेपाल, रञ्छेन तामाङ, निम्लामु लामा, सम्रान्त थापा, हर्क साउदलगायतको भिडियोमा अभिनय छ ।नेपाली प्रेमी र भारतीय प्रेमिकाको कथालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । दुईको बालापनदेखि वयस्क हुँदासम्मको प्रेमकथालाई भिडियोमा रमाइलो तरिकाले प्रस्तुत गरिएको हेर्न सकिन्छ । नेपाल–भारत सिमाका दृश्यहरूलाई पनि आकर्षक रूपमा प्रस्तुत गरिएको छ । भिडियोलाई अनीश स्याङ्ग्देनले छायांकन गरेका हुन् ।सार्वजनिक भिडियोलाई युट्युब च्यानल आर्ट्मान्डुमा हेर्न सकिने छ । भिडियोलाई ९ लाख दर्शकले हेरेका छन् l

संगिनी :हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा विभिन्न खालका तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा गायक तथा सर्जक विशाल रायमाझीको शब्द संगीतमा ‘संगिनी’ बोलको गीत केही दीन अघि सार्वजनिक भएको थियो l सो म्युजिक भिडियोले पनि युट्युब ट्रेन्डिङको १२ औ स्थान लिएको छ l गीत गायनमा विशाललाई प्रतीक्षा वाग्लेले स्वरमा साथ दिएका छन् । गीतमा शान्ता बस्नेत, शर्मिला रायमाझी, सुमन राना र टेकेन्द्र रोकायाले कोरस गायन गरेका छन् । राजकुमार मगरको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा एलिना रायमाझी,अल्फाज साह, पुजन घिमिरे, कुशल अधिकारी, गोविन्द थापा, प्रिन्स पाण्डेको देख्न सकिन्छ । भिडियो महेश महराले छायाँकन गरेका हुन् ।