भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिला’को ट्रेलर सार्वजनिक  भएको छ । बुधबार राजधानीमा एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा रोमान्सको साथै सेस्पेन्स भरिएको छ । रमेश कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता लुइटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देविराम पराजुली, सीपी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

 

‘लिला’लाई लक्ष्मण बस्नेत र विमला घिमिरेले चलचित्रको निर्माण गरेका हुन् । लक्ष्मण बस्नेतको लेखन रहेको चलचित्रमा बसन्त सापकोटा र रमेश खड्काको संगीत, शिव ढकालको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राइको नृत्य निर्देशन, अष्ट महर्जनको एक्सन छ ।