कन्नड फिल्म ‘विक्रान्त रोना’को टिजर सार्वजनिक भएको छ।  फिल्मको टिजर बिहीबार ‘टी सिरिज’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। अनुप भण्डारीको निर्देशनमा बनेको थ्रिलर फिल्म फेन्टासी दुनियाँको कथामा आधारित रहेर निर्माण भएको देखिन्छ। फिल्ममा सुदीप सन्जिभ मुख्य भूमिकामा छन् l दरावादको अन्नपूर्ण स्टुडियो र रामोजी फिल्म सिटीमा फिल्मको छायांकन गरिएको हो l

फिल्ममा सुदिपको अलावा निरुप भण्डारी र निता अशोक प्रमुख भूमिकामा देखिएका छन्। त्यो बाहेक अभिनेत्री ज्याकलिन फरनान्डेजले पनि फिल्मको एक गीतमा अभिनय गरेकी छिन्।