गायिका स्मिता दाहालले गाएको हिन्दी गीत सार्वजनिक भएको छ। गीतमा स्मितालाई भारतीय गायक शबाब सावरीले साथ दिएका छन्। 'इबादत बन गए हो' बोलको गीतलाई शुक्रवार भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब सावरीकै लय सिर्जना छ । गीतको भिडियोमा स्मिता भारतीय अभिनेता अर्जुन बिजलानीका साथमा देखिएकी छन्। गीतको भिडियोलाई राजीव एस रुई याले निर्देशन गरेका हुन्।