शाकाहारी बन्ने वातावरण नै छैन
म शाकाहारी बन्न नचाहेको हैन
जे पर्ला पर्ला यस पाली दसैँ
शाकाहारी बस्ने प्रण गरे
मन बाधे मस्तिष्क तयार पारे
अनि दौडे सब्जी बजार
गएर सोधे तरकारिको भाउ
बल्ल थाहा पाए
तरकारिको मूल्य त
मेरो मूल्य भन्दा धेरै रहेछ
धोक्रोमा पैसा लगियो भने
बल्ल एक झोला
तरकारी किन्न पाइदो रहेछ ।
शाकाहारी बन्ने वातावरण नै छैन
म शाकाहारी बन्न नचाहेको हैन ।
तै पनि आट गरे
साग को मूल्य सोधे
पसले ले पहिला मेरो लवाइ हेर्यो
अनि बल्ल बोल्यो
सय रुपैयाँ एक मुठाको
मुठा हेरे मुठा थिएन
त्यो सात आठ समूहको गाँठो थियो
भो साग नभए बन्दा हेरौँ
बन्दा नभए काउली हेरौँ
त्यो पनि नभए आलु किनौला
नत्र यस पाली मुलाले छाक टारौला ।
तर जब मूल्य सुने,
चक्कर लाग्यो बेहोस भएछु !
यस्तै होला भनेर सायद ,
सब्जी वालाले मान्छे भर्ती गरेको रहेछ ।
तरकारिको मूल्य सोधेर ढल्नेलाई
घर सम्म पुर्याउने व्यवस्था रहेछ ।
घर आए बल्ल बौरिए
तर्कारी त खानै पर्यो अनि सोचे
शाकाहारी बन्ने वातावरण नै छैन
म शाकाहारी बन्न नचाहेको हैन ।