अक्षय कुमार अभिनीत चलचित्र ‘सूर्यवंशी’ ५ नोभेम्बर अर्थात् कार्तिक १९ मा रिलिज हुने भएको छ । भारतमा निकै धूमधामले मनाइने दिवालीको मौकामा चलचित्रलाई रिलिज गर्न लागिएको हो ।
रोहित शेट्टीले निर्देशन गरेको चलचित्रमा अक्षयसँगै कट्रिना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय रहेको छ ।
चलचित्रमा समावेश गीत ‘आइला रे आइला’ कार्तिक ४ गते सार्वजनिक हुँदै छ ।