बलिउडका अभिनेता राजकुमार राव  विवाह बन्धनमा बाँधिने भएका छन् ।  विगत छ वर्षदेखिको प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गर्न लागेका हुन् l प्रेमिका पत्र लेखा सँग नोभेम्बर १० मा राजकुमारले लगन गाँठो कस्न लागेका हुन् l पत्र लेखाले फिल्म ‘सिटी लाइट’ बाट डेब्यू गरेकी थिइन्। उक्त फिल्ममा उनले राजकुमारसँग अभिनय गरेकी थिइन् । साथै ‘लभ गेम्स, बदनाम गाली र नानुकी जानु´ लगायतका फिल्ममा पनि उनलाई देख्न सकिन्छ l