चलचित्र बोबीबाट सिनेमा जगतमा प्रवेश गरेकी नायिका कविता गुरुङले पुस्तक सार्वजनिक गरेकी छिन् । ‘म अनि मेरो’ नाम दिइएको पुस्तकमा आफ्नो जिवनको भोगाइलाई कविताले समेटेकि हुन् । काठमाडौँमा एक बिशेष कार्यक्रमबिच पुस्तकको बिमोचन गरिएको थियो ।लकडाउनको खाली समयमा आफ्नो लेख्ने बानी बढ्दै गएको र मनको भावनाहरु कितावको माध्यमबाट प्रस्तुत गर्न खोजिएको कबिता बताउछिन् । यसअघि कबिता र उनको श्रिमान उमेश थापा अभिनित चलचित्र बोबी बनिसकेको छ । उक्त चलचित्रमा कबिता र उमेशका रियल लाइफको कथा देख्न सक्छौ । चलचित्र बोबीमा नअटाइएका कथासँगै आफुले जिवनमा भोगेको, भेटेका, आफ्नो राम्रा र नराम्रा पक्ष लगायतका धेरै कुरा पुस्तकमा समावेश गरिएको उनी बताउछिन् । कार्यक्रममा बोल्नेक्रममा कविताले आफुलाई स्वार्थीको संज्ञा पनि दिएकी छिन् । उनी भन्छिन् ‘म स्वार्थी छु । म आफ्नो मात्र सुन्छु । मैले उमेशसँग बिहे आफूलाई गर्न मन लागेर गरें । तर उसको आवाज मैले सुनिन कि रु आज आएर सोच्दा मलाई लाग्यो कि, म निक्कै नै स्वार्थी रहेछु ।’उनले आफू एउटा राम्री श्रीमती, राम्री बुहारी बन्न नसकेपनि असल आमा बन्ने कोशिशमा रहेको बताइन् ।